काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।
उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष श्री रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्व ९६ करोड ३९ लाख बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म २ अर्व १ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी गराएका थिए ।
उक्त बीमा शुल्क संकलन गत आवको सो अवधीको तुलनामा १६.०७ रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरि सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया