काठमाडौं। फ्रेन्च ओपन २०२१ को उपाधि विश्व नम्बर १ नोभाक जोकोभिचले जितेका छन्।
आईतवार सम्पन्न ४ घण्टा ११ मिनेट लामो फाइनल खेलमा जोकोभिचले विश्व नम्बर ५ स्टेफानोस ट्सिसिपासलाई ६-७ (६/८), २-६, ६-३, ६-२, ६-४ को सेटमा पराजित गर्दा आफ्नो दोस्रो फ्रेन्च ओपन उपाधि जितेका हुन्।
पेरिसको ‘फिलिप च्याटरियर कोर्ट’मा भएको फाइनल खेलमा ग्रीसका ट्सिसिपासले उत्कृष्ट शुरुवात गरेका थिए। उनले पहिलो दुई सेटमा नोभाकलाई पराजित गर्दा उनको तराजु भारी देखिएको थियो। तर भेट्रान खेलाडी जोकोभिचले खेलमा शानदार पुनरागमन जित निकाल्न सफल भए।
उनले बाँकि रहेका ३ सेट सहज तरिकाले आफ्नो पक्षमा पार्दा करियरको १९औं ‘ग्रान्ड स्ल्याम’ उपाधि उचाले। सेमी फाइनल खेलमा सर्वाधिक फ्रेन्च ओपन विजेता रफाएल नाडाललाई पराजित गरेका जोकोभिचले फाइनल खेलमा २६ खेल जित्दा कुल १६४ अंक प्राप्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया