काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यहरुको नविकरण तथा नयाँ इन्ट्रीको काम भइरहेको छ ।
हाल थप ३३ जिल्लाका ६५ स्थानको नामावली नेपाली कांग्रेसको वेबसाइट मार्फत सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि थप १०९ स्थानको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा शनिवार बसेको कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठकले विवादरहित क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको हो ।
त्यसैगरि सार्वजनिक गरिएका प्रस्ताववित नामावलीमा कुनै त्रुटी भएमा वा छुट भएमा नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नयाँ सदस्यतातर्फ स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याउन समेत सकिने बताइएको छ ।
थप सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि www.nepalicongress.org मा क्लिक गरि हेर्न सकिने कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया