विराटनगर । प्रहरीले झापा र ईलाममा लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।
आईतवार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।
त्यस्तै आईतवार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ वर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको प्रदेश १९०१३ प। ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया