के-के छन् आज दिनभरका मुख्य समाचारहरु ? हेर्नुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

१. बितेको २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार १ सय ४७ जना संक्रमणमुक्त, ५३ को मृत्यु

२.एक दुईदिनभित्रै स्थायी कमिटी बैठक बोलाउने एमालेको तयारी, नेपाल पक्षलाई पनि सहभागी गराइने, नेपाल पक्षका अडानका विषयमा छलफल जारी

३.उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र एमाले उपाध्यक्ष वामदेव गौतमबीच भेटघाट, पार्टी विवाद र एकतामा देखिएका समस्याबारे छलफल

४. ९ दिनदेखि ज्वरोले थलिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालमा भर्ना, अक्सिजनको सहायतामा उपचार हुँदै

५. तत्काल निषेधाज्ञा नखुलाउने मनस्थितीमा काठमाडौं प्रशासन, केही खुकुलो बनाईएपछि उपत्यकाका तीनवटै जिल्लामा सवारी चाप ह्वात्तै बढ्यो

६. नेपालमा कोरोना रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई एम्नेस्टी इन्टरनेशनलको आह्वान, अक्सिजन, खोप र अत्यावश्यक मेडिकल सामग्रीको आवश्यकता रहेको उल्ल्लेख

७. कांग्रेसले सार्वजनिक गर्यो थप ३३ जिल्लाको क्रियाशील सदस्यको नामावली, १४ औँ महाधिवेशन नजिकिएसँगै नविकरण तथा नयाँ इन्ट्रीको काम जारी

८. मेलम्चीको पानी बन्द हुने भएसँगै उपत्यकामा पानी वितरणको तालिका परिवर्तन, सुरुङ परीक्षण गर्न दुई महिनाको लागि काठमाडौंमा पानी रोकियो

९. निषेधाज्ञा अन्त्य हुनेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन हुने, असार १५ सम्म सम्पूर्ण तयारी पुरा गर्न रेल विभागलाई यातायात मन्त्रालयको निर्देशन

१०. ट्रायल पास गरेको एक वर्षको लागि परीक्षणकाल र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने तयारीमा यातायात विभाग, अब चालकले २ प्रकारका लाइसेन्स प्राप्त गर्ने

११. जर्मनीले नेपाललाई कोरोनाविरुद्ध लड्न ४ अर्ब ८० करोड अनुदान दिने, २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिने

१२. कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बाग्मती प्रदेश र अमलेखगञ्जबाट हुने ढुवानीमा रोक लगाए, खोपको तत्काल व्यवस्था गर्न सरकारसँग माग

१३. १५ मिनेटमै कोरोना संक्रमित व्यक्तिको पहिचान हुने उपकरण बनेको बेलायती वैज्ञानिकको दाबी, विमानको क्याबिनमा प्रयोग गर्न सकिने

१४. भारतमा क्रमिक रुपमा घट्दै कोरोना संक्रमण दर ७४ दिनयताकै सब भन्दा कम संक्रमित थपिए, मृतक संख्या पनि घट्दै

१५. र, युरोकप फुटबल अन्र्तगत आज स्पेन र स्विडेन आमनेसामन्ने हुँदै, घरेलु मैदानमा जित निकाल्ने दाउमा स्पेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?