व्यापारी हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गर्‍यो

  • एसपी यादव

सर्लाही चैत ७ गते – कविलासी नगरपालिकाको वडा नं. २ मा पर्ने पिपरियाका नागेन्द्र शाहको २७ वर्षिय छोरा सुनिल शहलाई गोली प्रहार गरी हत्या गर्ने योजनाका मुख्य योजनाकार राजु भनिने उमेश पाश्वानलाई सर्लाही प्रहरीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी नपाको वडा नं. २ बाट मंगलवार पक्राउ गर्न सफल भएका छन् ।मृतक शाह सुनचाँदी व्यापारी रहेका थिए । र मृतक शाहले हरिपुर नगरपालिकाको पिराडी बजारमा ‘माँ दुर्गा भगवती’ नामक सुनचाँदी पसल खोलेका थिए ।२०७४ असोज २४ गते मंगलवार साँझ करिब ७:३० बजेको समयमा मृतक साह पसल बन्द गरी आफ्नो बुवासँगै मोटरसाक्कइलमा घर फर्किदै गरेको अवस्थामा बाटोमा उनी माथि गोली प्रहार भएको थियो ।पाश्वानको समूहले मोटरसाइकल रोकी मृतक साहसँग सुनका गरगहना ८ तोला, चाँदीका गरगहना ४ कि.लो. तथा नगद रु. ४० हजार राखेको झोला माग्दा मृतक शाहले दिन नमाानेपछि उक्त समूहले उनको गर्दनमा गोली प्रहार गरेको थियो ।मृतकका बुवा नागेन्द्र शाहका अनुसार- गोली प्रहारपछि मेरो हातमा रहेको सुनचाँदीको झोला समेत उनीहरुले लिएर भागेका थिए ।गोली प्रहारबाट गम्भीर घाइते भएका शाहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको थियो ।जिल्ला सर्लाही साबिक नेत्रगंज वडा नं. २, हाल लालबन्दी नपाको वडा नं. २ ठेगाना भएको पाश्वान पेशेवर अपराधी भएको र उनी रुपन्देही, सिरहा लगायत भारत समेतमा विभिन्न अपराध गरेका कारण खोजीका सूचीमा रहेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी गराएका छन् ।प्रवक्ता डिएसपी थापाका अनुसार – पाश्वानमाथी खूनडाँका तथा संगठित अपराध, डाँका, हातहतियार, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी तथा जबर्जस्ती चोरी लगायतका मुद्दाहरु विचाराधीन रहेका छन् ।यस हत्या प्रकरणमा ८ जना संलग्न रहेकोमा ४ जनालाई सर्लाही प्रहरीले घटना लगत्तै पक्राउ गर्न सफल भएका थिए । भने यस घटनाका मुख्य योजनाकार पाश्वान पक्राउ परे संगै अब सर्लाही प्रहरीले फरार रहेका ३ जनालाई अझै पक्राउ गर्न लागिपरेको प्रवक्ता डिएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?