साउनदेखि जनगणना गर्ने तयारीमा केन्द्रीय तथ्यांक विभाग

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले कोरोना महामारीको कारण रोकिएको १२ औँ राष्ट्रिय जनगणना छिट्टै गर्नका लागि तयारी थालेको छ ।

वैशाख २५ गतेदेखि असार ८ गतेसम्मका लागि तोकिएको जनगणना कोरोना महामारीको कारण अनिस्चितकालका लागि रोकिएको थियो ।

तर अब कोरोना संक्रमणको जोखिम केहि कम हुँदै गएसँगै जनगणनाको तयारी थालिने केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखाका निर्देशक ढुन्डिराज लामिछानेले लोकपथलाई जानकारी दिए ।

कोरोना महामारीको जोखिम कम हुँदै गएमा आगामी साउनबाट त्यसको तयारी थालिने उनले बताए । ‘कोरोना महामारीको जोखिम कम हुँदै गएमा आगामी साउनदेखि जनगणना गर्नेबारे आन्तरिक तयारी हुँदैछ । त्यसको लागि हामी सरकारसँग समेत छलफल गर्न लागेका छौँ । ‘ उनले भने ।

उनका अनुसार सबै जिल्लाहरुमा पहिल्यैका सबै कार्यालयहरु रहेकाले मिति तोकेर तयारी थाल्न सजिलो हुने बताए ।
उनले भने- ‘सबै जिल्लामा पहिलेकै कार्यालयहरु रहेकाले अब सरकारसँग छलफल गरेर मिति तोक्नेछौँ । तर कोरोना जोखिम रहेमा भने साउन भन्दा पनि पछि गर्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?