महोत्तरी । जिल्लाको सोनमा गाउँपालिका-५ खयरवनीमा घरको पर्खालबाट लडेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानमा बस्ने शम्भु गोसाईको छोरा १२ वर्षीय अमित गोसाई रहेका छन् । १२ वर्षीय अमितको आफ्नै घरको पर्खालबाट लडेर सोमवार दिउँसो मृत्यु भएको हो ।
पर्खालमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया