काठमाडौं । मंगलवार शेयर बजारमा ३.७२ अंकको गिरावट आएको छ । आज कारोबार ३,०२२.१० अंकमा पुगेर रोकिएको छ । बजार घटेपनि कारोबार रकम भने उच्च नै रहेको नेप्सेले जनाएको छ ।
आज कारोबार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रुपैँया बराबरको कारोबार भएको छ । आज ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर किनबेच भएको छ ।
आज बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रोपावर, वित्त कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुवित्त वित्तीय कम्पनी, जीवन बीमा कम्पनी लगायतका उपसमूहहरुको कारोबारमा गिरावट आएको छ ।
त्यस्तै, होटल तथा पर्यटन क्षेत्र, उत्त्पादनमूलक कम्पनी, अन्य म्युचुअल फण्ड तथा लगानी लगायतको भने कारोबार बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया