शेयर लगानीकर्ता असुरक्षित : निफ्रा, चन्द्रागिरि हिल्स लगायतका कम्पनी जोखिममा (पूर्णपाठ)

लोकपथ
679
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीको शेयरमा लगानी गर्नेहरु जोखिममा परेका छन् ।

नेपाल धितोपत्र बोर्डले शेयर बजारमा चलखेल गर्ने विभिन्न ५१ कम्पनीको विवरण सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो ।

शेयर मूल्य बढाएको भन्दै बोर्डले सार्वजनिक गरेको विवरणमा बैंक, वित्तीय संस्थाहरुसँगै, लगानी, हाइड्रोपावर तथा विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम समावेश छ ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन शुरु भएको छ ।

एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा यो निष्कर्ष निकालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?