बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकरले पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न २ अर्ब बजेट विनियोजन गरेको छ । तयस्तै,प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमका लागि २६ करोड छुट्याएको छ । त्यस्तै, मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया