काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशका विभिन्न स्थानहरुमा बाढी पहिरोले प्रभावित नागरिकहरुको उद्धार र राहतमा गम्भीरताका साथ लाग्न सरकारसँग आग्रह गरेका छन् ।
नेता सिंहले सिन्धुपाल्चोक मनाङ लगायतका क्षेत्रमा बाढीका कारण जनजीवनमा असर न्यूनिकरणमा लाग्न सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड दिए ।
सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुलहरुमा क्षति पुगेको त्यसबाट जनजीवनमा परेको असर न्यूनिकरणमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
‘सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढि पहिरोले त्यहाँको जनजीवन कष्टकर बनाएको छ तत्कालै उदार राहतको लागि सरकार लाई गम्भीरता का साथ पहल थाल्न अपिल गर्द्छु । खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको छ । बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । थप क्षति हुन नदिन सरकारले तत्काल काम अघि बढाओस् ।’ नेता सिंहले भने ।
त्यसैगरी देशभर बाढी पहिरोको मारमा परेका नेपाली नागरिकहरुको दुखमा सबैले आ(आफ्नो ठाउँबाट साथ र सहयोग गर्नका लागि समेत आग्रह गरेका छन् ।
देस भर बाढी पहिरो को मारमा पर्नुभएका आम नागरिकको दुखमा सबैले आआफ्नो ठाउँबाट साथ र सहयो गर्न पनि सबैलाई म हार्दिक अपिल समेत गर्दछु । नेता सिंहले भने- ‘सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस् घाइते हरुको उपचार बिस्थापित को बवस्थापन कुनै कसुर बाकि नहोस कोरना को मापदण्ड पालना गरदै आआफ्नो ठाउँबाट जुटौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया