थप उपचारको लागि झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

अस्वस्थ्य भइ केहीदिन देखि नर्भिकमा उपचार गराइरहेका नेता खनाल बुधवार दिउँसो दिल्ली प्रस्थान गरेका हुन् ।

स्वास्थ्य समस्या थप बिग्रँदै गएपछि नेता खनाल परिवारका सदस्य र चिकित्सकसहित दिल्ली प्रस्थान गरेका हुन् ।

लामो समयदेखि मिर्गौलामा समस्या भएका नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार हुने बताइएको छ ।

यसअघि पनि माघमा उपचारको लागि दिल्ली गएका थिए । भने उनको स्वास्थ्यमा समस्या भएभसँगै नर्भिकमा उपचार गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?