आफ्नो बाबुका शवसँगै तीनदिन भोक्कै बसे अबोध बालकहरु, छिमेकीसँग खाना मागेपछि बाहिरियो घटना

लोकपथ
735
Shares

काठमाडौं । आफ्नो बाबुको मृत्यु भएको ३ दिनसम्म भारतमा दुई अबोध बालकहरु शवसँगै बसका छन् । भारतको बरेलीमा ४ वर्षीया छोरी र ६ वर्षीय छोरा ३ दिनसम्म आफ्नो मृत बाबुको शवसँगै बिताएका थिए ।

घरमा २ जना बच्चा र बाबु मात्रै थिए । बाबुको मृत्यु भयो तर बच्चाहरुले बाबुको मृत्यु भएको हो भन्ने बुझ्न सकेनन् । बाबा सुतेका होलान भनेर उनीहरु शवसँगै बसिरहे ।

जब त्यसरी ३ दिन बित्यो उनीहरु भोकले छट्पटाउन थाले र छिमेकीकोमा खाना माग्न गए । छिमेकीले बाबा ममि खोइ भन्दा बच्चाले घरमा बाबा अस्तीदेखी सुतिरहेका बताएपछि छिमेकी उनको घरमा गएका थिए ।

घरमा गएर हेर्दा ती पुरुषको मृत्यु भइसकेको थियो । छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए । भारतीय प्रहरीका अनुसार ती पुरुषको मृत्यु ३ दिन अगाडी नै भइसकेको थियो ।

मृतक मनोज नोएडा लकडाउन हुनु अगाडी घर आएका थिए । उनकी श्रीमती ५ दीन अघिनै मनोजसँग झगडा गरेर माइत गएकी प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?