महोत्तरी : मध्यरातमा सुन पसलमा चल्यो गोली, लाखौं लुटपाट गरि लुटेराहरू फरार

लोकपथ
658
Shares

काठमाडौं । महोत्तरीमा गए राती १ बजे गोली चल्दा एक जना घाइते भएका छन् ।

मध्यरातमा लुटेराहरूको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा करिब १० जनाको संख्यामा रहेको समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा गोली चलाई लुटपाट गरेका हुन् ।

लुटेराहरूले चलाएको गोली लागेर राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साह घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक एसपी दिनेश आचार्यले लोकपथलाई बताए ।

‘वीरेन्द्र साहलाई कम्मरमा गोली लागेको छ उनको परिवारका अन्य सदस्यहरु भने घाइते भएका छन् ।’ एसपी आचार्यले बताए ।

घाईत साहलाई उपचारका लागि जनकपुर अस्पताल पठाइएको थियो त्यहाँ उनको उपचार सम्भव नभएपछि उनलाई धरानअस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

लुटेराहरूले रड प्रहार गरि घाइते बनाएका साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साहको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लुटेराहरूले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको रहेको थियो भने सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको थियो । त्यस्तै नगद २ लाख रुपैयाँ समेत लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ ।

लुटेराहरूको हुन भन्ने बारे अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?