काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा २० नयाँ केन्द्रीय कार्यकारिणी समितिका सदस्यको नामावली बुझाएको छ ।
पार्टीमा अल्पमतमा परेपछि ठाकुर पक्षले निर्वाचन आयोगमा थप गरिएका २० कार्यकारिणी समिति सदस्यको नाम बुझाएका हुन् ।
जेठ ३० गते महन्थ पक्षले बैठक बसी २० केन्द्रीय कार्यकारिणी समिति सदस्यको नाम थप गरेको थियो ।
साथै थपिएका नामहरु दर्ताका लागिका लागि मंगलवार ठाकुर पक्ष निर्वाचन आयोग पुगेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए । उनका अनुसार नयाँ कार्यसमिति विस्तार गरेको पत्र आयोग पुगेपनि त्यसलाई विधि विधान हेरेर मात्रै निर्णय गरिनेछ ।
‘जसपा महन्थ ठाकुर पक्षद्वारा विस्तारित कार्यसमितिको सदस्यहरुको नामसहितको पत्र आयोगमा आइपुगेको छ । तर हाल त्यो दर्ता प्रक्रियामा नै राखिएको छ । त्यसबारे सबै छानविन गरेर मात्रै आयोगले निर्णय गर्नेछ ।’ प्रवक्ता श्रेष्ठले लोकपथसँग भने ।
३० जेठमा बसेको बैठकले एक अध्यक्षले मात्रै पार्टीबाट कसैलाई पनि हटाउन नसक्ने निष्कर्ष निकालेको थियो ।
यसअघि जसपाको दुवै पक्षले एक अर्का पक्षलाई कारवाही गरेको पत्र आयोगमा दर्ता गरेको थियो । यता महन्थ पक्षको दाबी नपुगेको भन्दै केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यहरुको हस्ताक्षरसहितको पत्र बुझाउन भनेको थियो । तर आयोगले महन्थ पक्षको जवाफ नआउँदै दुबै पक्षको दाबी नपुगेको भन्दै त्यसलाई खारेज गरिदिएको थियो ।
को को छन् थप गरिएका केन्द्रीय कार्यकारिणी सदस्यहरु ?
अर्जुन उप्रेती
बाबुला साह
जयप्रकाश ठाकुर
डा.सुरेन्द्र झा
परमेश्वर साह
शतरजित यादव
विजय गुप्ता
अरविन्द साह
उपेन्द्र महतो
सुरेश मण्डल
शतरजित यादव
एकवाल मियाँ
रमेश पटेल
विमल श्रीवास्तव
उमाशंकर अरगरिया
सन्तोष मेहता
डा. विजय सिंह
परमेश्वर साह
अभिराम शर्मा
राजिव झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया