काठमाडौं । सुनसरीमा जबरजस्ती करणी गरि फरार रहेका १ जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरि फरार रहेका इनरुवा नगरपालिका-९ बस्ने ३४ वर्षीय प्रमोद मेहतालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई गत जेठ ३ गते जबरजस्ती करणी गरि फरार रहेका उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई गढी गाउँपालिकाबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत सुनसरीबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया