उद्धार र राहत सामाग्री लिएर मनाङ पुगे गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली उद्धार र राहत सामाग्री लिएर मनाङ पुगेका छन् ।

बिहीवार दिउँसो हेलिकप्टरमार्फत् मुख्यमन्त्री पोखरेल बाढीका कारण प्रभावित मनाङ पुगेका हुन् ।

मुख्यमन्त्री पोखरेल औषधी, खाद्य सामाग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कुमार खड्काले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पोखरेलको साथमा साथमा मनाङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी समेत रहेका छन्।

गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरको व्यवस्थापन गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

त्यस्तै आपतविपद्मा परेका प्रदेशवासीलाई सुरक्षित तबरले व्यवस्थापन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?