एजेन्सी । अमेरिकामा ६ करोड फेसबुक यूजर्सहरुको डेटा चोरेर चुनावमा प्रयोग गर्ने खुलसा भएपछि भारतीय राजनीतिमा हंगामा भएको छ । कानुन मन्त्री रविशंकर प्रसादले कांग्रेसमाथि आरोप लगायो कि, ‘२०१९ को चुनाव जित्नको लागि कांग्रेसले डेटा चोरी गरेको आरोपी रिसर्च फर्म कैंब्रिज एनालिटिकाको सेवा लिइरहेका छन् ।’यो बहसको विषयमा आवाज उठाइएको छ कि के साँचि नै चोरी भएको डेटाको गलत प्रयोग हुनसक्छ छ ? यो प्रश्नको उत्तरमा, तपाईको फेसबकबाट चोरी भएको डेटाको प्रयोग गर्न सकिन्छ ।यो बारेमा एनालिटिकाका सीईओले बताए कि, कम्पनी फेसबुकबाट चोरी भएको यूजर्सको डेटाबाट साइकोला–जिकल प्रोफाइलिंग गर्दछन् । यो माध्यमबाट क्लाईटको समर्थकमा जानकारी प्लांट त हुन्छ । बल्कि विरोधीको खिलाफ पनि सजिलैसँग गलत सूचनाहरु प्लांट गरिन्छ ।चुनावहरुमा यसको असर हुन्छ कि धेरै जनमत बदल हुन्छ । गलत जानकारी पाएर मानिस अफ्नो मत बदल गर्ने गर्छन् । भारतको कुरा गर्ने हो भने यहाँ १० करोडभन्दा धेरै फेसबुक यूजर्स छन् । यसमा धेरैजसो १८ देखि ३५ वर्ष मानिस हुन्छ । जो राजनीतिक दलहरुद्वारा फैलाइएको गलत जानकारीलाई साच्चो मान्ने गर्छ ।त्यस्तै, कांग्रेस प्रवक्ता रणदीप सुरजेवाला यो आरोप छ कि २०१४ देखि भाजवा ओवलेन विजनेस इन्टेलीजेंस कम्पनीको सेवा लिरहेका छन् । यो त्यही कम्पनी हो । यो भाजपाको सहयोगी जदयू सांसद केसी त्यागीको छोराले चलाउँछन् । २००९ मा राजनाथ सिंह पनि यसको सेवा लिइसकेका छन् ।भारतका अलवा अमेरिकी र ब्रिटिश मिडियाको दाबा छ कि बैंब्रिज एनालिटिकाले अमेरिकामा ६ करोड फेसबुक यूजर्सको डेटाको गलत प्रयोग गरेर ट्रम्पलाई निर्वाचनमा जिताउन मद्दत गरिएको थियो ।त्यस्तै, यो कम्पनीले अमेरिका, ब्रिटेन, दक्षिण कारिया समेत पाँच देशमा डेटा चोरीबाट जोडिएको मामला सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया