घरायसी विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

लोकपथ
0
Shares

काठमाडौं । दाङमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरि ४६ वर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सामान्य घरायसी विवादका कारण हिजो चौधरीको टाउकोमा बञ्चरो प्रहार गरि घाइते बनाएका थिए । उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा बिहीवार आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?