पाल्पा, ८ चैत – रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ ।रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन शुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ ।रामपुरमा सञ्चालित अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको उत्पादन शुरु गरेका हुन् । यहाँ उत्पादन भएको छुर्पी स्थानीय बजार तथा चितवनसम्म खपत हुने गरेको अमृत दुग्ध भण्डारका सञ्चालक गणेश आचार्यले बताए ।“जिल्ला बाहिरबाट पनि माग आउन थालेको छ,” उनले भने । छुर्पी प्रतिकिलो रु ९५० मा बिक्री भइरहेको छ ।रामपुरमा छुर्पी उत्पादन हुन थालेपछि कृषकको दूध सहजै बिक्री हुन थालेको छ । छुर्पी बनाउनका लागि निकालिएको क्रिमबाट घिउ पनि उत्पादन गर्न सकिने हुँदा व्यवसायीले मनग्य आम्दानी गर्न थालेका रामपुर डेरी उद्योगका सञ्चालक धनञ्जय ढुंगाना बताए ।“दुग्ध व्यवसायीले छुर्पी उत्पादन शुरु गरेपछि रामपुर बजारमा दूध बिक्रीको समस्या हटेको छ,” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया