नुवाकोटमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
469
Shares

काठमाडौं । नुवाकोटमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका-३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?