काठमाडौँ, ८ चैत – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ ।प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो ।प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम वरामद गरेको जानकारी दिए । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया