काठमाडौं । एनएमबि बैंकले सबै वर्गलाई समेटने गरि निक्षेप कर्ताहरुलाई सहजता प्रदान गर्नका लागि बढी ब्याज प्रदान गर्ने प्रावधान अघि सारेको छ ।
हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा बैंकले निक्षेपकर्तालाई बढी व्याज दिने प्रावधान ल्याउन लागेको हो ।
यसअघि बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबिले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्घेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज हो ।
बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । ‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल एनएमबि बैंकको देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया