प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं, ८ चैत । प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा सेयरमूल्य समायोजन भएको हो । इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १३.५२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको छ ।नेप्सेले प्रिमियरको १३.५२ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ८०६ रुपैयाँ कायम भएको जनाएको छ । यहि मूल्यलाई आधार मानेर कम्पनीको विहीबार सेयर कारोबार सुचारु भएको छ । कम्पनीको १८० दिनको औसत आधारमूल्य ८१६ रुपैयाँ निर्धारण भएको छ ।एफपीओ निष्काशन पश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ कायम भएको कम्पनीको ६ करोड ९५ लाख ५४ हजार ९९२ रुपैयाँ बोनस बितरण पश्चात ५८ करोड ४० लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।इन्स्योरेन्सले यही चैत २६ गते साधारण सभा बोलाएको छ । चैत ७ गते बुधबार सम्ममा सेयर खरिद गरेका सेयरधनीले बोनस प्राप्त गर्न सक्नेछन् । एफपिओले समेत प्रस्तावित बोनस पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?