भर्चुअल कक्षाको विकल्प खोज्न शिक्षकको आग्रह

लोकपथ
98
Shares

काठमाडौं । यही असार १ देखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक शत्र शुरु भएपनि यो प्रभावकारी हुन नसक्ने शिक्षक नेताहरुको भनाइ छ ।

सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासङ्घले यसको विकल्प खोज्न सरकारसँग माग गरेको छ । महासङ्घका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दवाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीले पनि भर्चुअल कक्षामा पहुँच नपाएको बताए ।

“सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको बाध्यता र समस्या अनेक छन्” दवाडीलेको प्रश्न छ , “कतिपय स्थानमा बत्ति छैन, कतिपय ठाउँमा इन्टरनेटको पहुँच छैन, त्यस्ता ठाउँका विद्यार्थीलाई कसरी भर्चुअल कक्षामा सहभागी गराउन सकिन्छ ?” भर्चुअल कक्षाको विकल्पमा अन्य वैकल्पिक कक्षाबारे सरकारले ध्यान पुर्‍याउनुपर्नेमा दवाडीले जोड दिए ।

सुगम शहरी क्षेत्रमा पढ्ने निजी विद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षा सहज हुने भए पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्चुअल कक्षामा सहभागी हुन कठिन हुने दवाडीले बताए ।

महासङ्घले कोरोना भाइरसविरुद्धको खोप सबै शिक्षक–कर्मचारी एवं १२ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकताका साथ दिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?