काठमाडौं । भारतका पुर्व धावक मिल्खा सिंहको कोभिड-१९ को कारण निधन भएको छ।
‘द फ्लाइङ सिख’ भनेर चर्चित मिल्खा सिंहको गए राति भारतको चन्दीगढमा निधन भएको हो। सन् १९५८ ‘कमनवेल्थ गेम्स’ विजेता तथा सन् १९६९ ‘रोम ओलम्पियन’ ९१ वर्ष सिंहले शुक्रवार राति अन्तिम सांस फेरेका हुन्।
उनी यसै ‘मे २०’ तारिखमा कोरोना पोजिटिभ देखिएका थिए। जुन ३ तारिखमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदा उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो।
यसै साता उनकी पत्नी निर्मल कौरको पनि कोरोनाकै कारण निधन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया