काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग ‘एनएसएल’को टोली ‘विराटनगर सिटी एफसी’ र भुटानको क्लब ‘पारो फुटबल क्लब’ बिच सहकार्यको सम्झौता भएको छ।
नेपाली टोली विराटनगर सिटी एफसी र भुटानी टोली पारो एफसी बिचको सहकार्य बारे शनिवार जानकारी गराइएको हो।
सम्झौता अनुसार यी दुई क्लब बिच खेलाडी पहिचान गरेर अभ्यास गराई एक आपसको टिममा सहभागी गराउने जानकारी गराइएको छ। अझै यी दुई क्लबले भविष्यमा मैत्रीपूर्ण खेल पनि खेल्न सक्ने सम्भावना रहेको विराटनगर सिटी एफसीले जनाएको छ।
हालको लागि यी दुई क्लब बिच मात्र एक वर्षको सम्झौतामा हस्ताक्षर भएपनि भविष्यमा यसको अवधि अझै बढाउन सकिने विराटनगर एफसीले जानकारी गराएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया