पोखरा, ८ चैत – प्रदेश नं ४ का मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।घिमिरेलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले प्रदेश प्रमुख बाबुराम कुँवरको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेश सचिवलगायत उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया