हेलम्बु पहिरो : भारतीय र चिनियाँसहित २३ जना बेपत्ता, के-के भयो भौतिक क्षति ? (सूचीसहित)

काठमाडौं । असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको विभिन्न ठाउँमा गएको पहिरोमा २३ जना बेपत्ता भएका छन् ।

गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै भारतीय २ र ३ चिनियाँसहित २३ जना बेपत्ता भएको जानकारी दिएको छ । त्यस्तै बाढीमा बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार बेपत्ता भएका भारतीय र चिनियाँ नागरिकहरु मेलम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी हुन् ।

गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं १ को तिम्बुमा रहेको मेलम्ची खोला पुल, वडा नं १ को दङतोम्बा मोटरेबल पुल लगायतका संरचनाहरु बगाएको छ ।

त्यसैगरी हेलम्बुको वडा नं स्थित च्यरिखर्क, तिम्बु, हल्दे, अम्बाथानमा गरी करिव २८ घर टहराभित्रका चौपाया तथा खाद्यन्नसहित बगाएका गाउँपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?