पोखरामा राष्ट्रिय नाटक महोत्सव शुरु, दश नाटक मञ्चन गरिने

पोखरा, ८ चैत – विश्व रंगमञ्च दिवसका अवसरमा नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ ।पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुरु महोत्सवको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्दै संघीयता कार्यान्वयनसँगै हरेक प्रदेशमा प्रज्ञा–प्रतिष्ठान खोल्नुपर्ने बताए ।नाट्यप्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले देशभरका रंगकर्मीलाई भेटघाट गर्नाका साथै नाट्य क्षेत्रमा भएका गतिविधिका बारेमाजानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । प्रज्ञा– प्रतिष्ठानका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीलगायतले नेपाली नाट्य क्षेत्र तथा पोखराका नाट्य गतिविधिबारे चर्चा गरेका थिए ।उद्घाटन समारोहसँगै सरुभक्तद्वारा लिखित नाटक ‘थाङ्गला’ मञ्चन गरिएको थियो । अनुप बरालको निर्देशन रहेको सो नाटकमा कलाकारको अभिनयलाई दर्शकले मन पराएका थिए । महोत्सवअन्तर्गत शुक्रबार अपराह्न साँझ पुनः मञ्चन हुने आयोजकले जनाएको छ ।यस्तै शनिबार र आइतबार राजन खतिवडाको निर्देशनमा रहेको नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेछ । यही चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । महोत्सवमा नाट्य क्षेत्रका बारेमा समेत छलफल हुने छ । महोत्सवमा ‘भर्जिन कथा’, ‘नारी शिक्षा’, ‘जयगान’, ‘सान्नानीको सन्ते राजा’, ‘एक चिहान’, ‘पानीघट्ट, चाँदीको घेरा’, ‘सखी’लगायत नाटक मञ्चन हुनेछन् । चैत ९, १० र ११ गते हरेक दिन अपराह्न र साँझ नाटक मञ्चन हुनेछ । चैत १२ र १३ गते अपराह्नसमेत थप प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?