आवास अनुदानमा दश अर्बको अख्तियारी

काठमाडौँ, ८ चैत- अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई रु नौ अर्ब ९५ करोड आज प्रदान गरेको छ ।प्राधिकरणले निजी आवास अनुदानका लागि प्राप्त गरेको सो रकम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई खर्च गर्न अख्तियारी प्रदान गरेको छ । घर निर्माण शुरु गरेका भूकम्पपीडितलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले सो अख्तियारी प्रदान गरेको हो ।सरकारले भूकम्पपछिको निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर प्राधिकरणमार्फत थप बजेटको अख्तियारी दिएको हो । प्राधिकरणका प्रवक्ता यमलाल भुसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लामा बजेट निकासाका लागि अख्तियारी दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?