काठमाडौं । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई खाद्यन्यसहित अन्य राहत सामाग्री वितरण गरेको छ ।
बैंकले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित नागरिकहरुलाई सहयोग स्वरुप ३०० थान दैनिक उपभोग्य खाद्य सामाग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको हो ।
यस विपतमा आत्मबललाई उच्च राखी विपतसँग सामना गर्नु पर्ने अवस्था रहेको र विपद्मा गरिने सानो सहयोगले पनि पीडितहरुलाई ठूलो राहत विश्वास लिएको बैंकले जनाएको छ ।
उक्त राहत सामाग्री बैंकको मेलम्ची शाखाका प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् ।
बैंकको हाल देशभर १९४ शाखा कार्यालय, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया