काठमाडौं । विश्व टेस्ट च्याम्पियनशिप फाइनल खेलको तेस्रो दिनमा न्युजिल्यान्डका बलर काइल जेमिसनले उत्कृष्ट बलिङ प्रदर्शन गरे।
दोस्रो दिनको खेल सकिँदा ३ विकेटको क्षतिमा १४६ रनको योगफल तयार पारेको भारत तेस्रो दिन २१७ रनमै ‘अलआउट’ भयो। जेमिसनले व्यक्तिगत ५ विकेट लिंदा भारतको पारी डगमगाएको हो।
जेमिसनले भारतका कप्तान विराट कोहलीलाई आफ्नो पहिलो शिकार बनाए। १३२ बलको सामना गर्दै ४४ रनको योगदान दिएका सेट ब्याट्सम्यान कोहलीलाई जेमिसनले एलबीडब्लू आउट गरे।
अझै ४ बलमा भारतको अन्तिम ३ विकेट पतन हुँदा भारतले तेस्रो दिन केवल ७१ रन बनाएर ७ विकेट गुमायो। जवाफी ब्याटिङमा उत्रेको न्युजिल्यान्डका ओपनर ब्याट्समेन डेभन कनवे र टम लेथमले पनि उत्कृष्ट ब्याटिङ गरे।
लेथमले ३० र कनवेले ५४ रनको अर्धशतकिय पारी खेल्दा न्युजिल्यान्डको स्कोर २ विकेटको क्षतिमा १०१ रन भएको छ। चौथो दिनको खेलमा सोमवार न्युजिल्यान्डका कप्तान केन विलियम्सन र रस टेलरले पारीको शुरुवात गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया