काठमाडौं । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका-८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
शनिवार बिहान ती किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो ।
थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका-४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया