जसपा लुम्बिनी प्रदेश : ४ मन्त्रीको पद रहने/नरहनेबारे असार २१ गते पूर्ण सुनुवाई

काठमाडौं । लुम्बिनी प्रदेश सभामा सहभागी जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदहरुको पद रहनेकि नरहने भन्ने विषयको मुद्दाको अन्तिम सुनुवाई आगामी असार २१ गते हुने भएको छ ।

जसपाको उपेन्द्र बाबुराम पक्षले कारवाही गरेपछि पदमुक्त भएका ४ सांसदहरुको पद सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भएको थियो ।

त्यस्तै सर्वोच्चले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेश नभएको र अन्यको लिखित जवाफ पेश भइसकेको भन्दै रिट निवेदकको संवेदनशीलतालाई ध्यान दिँदै सुनुवाई असार २१ पुर्याइएको सर्वोच्चले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?