काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलले पराजित गरेको छ।
ब्राजिलको राजधानी ब्राजिलियामा भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले शुरुवाती १० मिनेटमै अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि एलेजेन्द्रो गोमेजले एन्जल डि मारियाको पासमा गोल गर्दा १४ पटक कोपा अमेरिका विजेता अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो।
पहिलो हाफ १-० गोलले आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले दोस्रो हाफमा शानदार डिफेन्डिङ खेल प्रस्तुत गर्यो। फलस्वरूप खेलमा अन्य गोल हुन नसक्दा जित अर्जेन्टिनाको पक्षमा गएको हो।
यस जितसँगै दक्षिणी समूहमा अर्जेन्टिनाको ३ खेलमा ७ अंक रहेको छ। समूह चरणमा एक खेल खेल्न बाँकि रहँदै अर्जेन्टिनाले क्वार्टर फाइनलको यात्रा सुनिश्चित गरेको छ। उता २ खेलमा ३ अंक बटुलेको पाराग्वे अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया