अर्घाखाँची, ९ चैत – पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ ।गाउँगाउँमा रहेका पोखरी संरक्षणको अभावमा मासिँदै गइरहेका बेला युवाको सक्रियतामा अभियानको शुभारम्भ गरिएको हो ।पोखरी मासिँदै जाँदा आकाशबाट परेको पानी जमिनभित्र सिञ्चित हुन नपाएका कारण पानीका मुहान सुक्दै गएपछि प्रकृतिको संरक्षणको लागि अभियान शुरु गरिएको अभियानकर्मी युवा व्यवसायी कृष्णप्रसाद भुसालले बताए ।विद्यालय, सडक, प्रतीक्षालयजस्ता संरचना निर्माण गर्दा पोखरी मासिँदै गएको र यसका कारण मानव जीवनमा नै प्रत्यक्ष प्रभाव पर्ने खतरा कम गर्न अभियान शुरु गरिएको अर्का अभियानकर्मी, युवा व्यवसायी एवं नयाँ एफएमका स्टेशन म्यानेजर हरिप्रसाद भुसालको भनाइ छ ।अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गरी ५०० पोखरी निर्माण गर्ने लक्ष्य लिएको अभियानले एक हप्ताको बीचमा करीब एक दर्जन पोखरी निर्माण गरिसकेको छ ।अभियानलाई निश्चित घेराभित्र मात्र सीमित नगरी देशभर सञ्चालन गर्नुपर्नेमा अभियानले जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया