ललितपुर । ललितपुर महानगरपालिकाले ७७ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई असार ९ गते बुधवारबाट कोरोना विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने अभियान शुरु गर्ने भएको छ ।
महानगरपालिकाको सोमवार बसेको बैठकले महानगरका सबै वडाहरुबाट कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाएका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुको नामावली माग गरेको थियो ।
महानगरले माग गरेको विवरण अनुसार वडाबाट प्राप्त २२ सय २० जेष्ठ नागरिक र जनप्रतिनिधि, कर्मचारी, तथा स्वास्थ्य स्वंयसेवकहरु समेतलाई गरि २५ सय डोज खोप खोप उपलब्ध रहेको महानगरले जनाएको छ । महानगरले माग गरेको विवरणको आधारमा असार ९ गते बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म खोप लगाउने कार्यक्रम रहेको जनाएको छ ।
जसअनुसार महानगरले विभिन्न ८ स्थानमा कोभिड खोप सेवा उपलब्ध गराउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया