सोल, ९ चैत – दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनी पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ ।उनी आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।सन् २०१३ सम्म उहाँ आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले गरेका कार्यहरुमा भ्रष्टाचारजन्य कामकारबाही भएको भन्दै लीलाई पक्राउ गरी हिरासतमा राख्न आदेश गरेको हो ।तर आफूमाथि लागेका ती भ्रष्टाचार आरोपहरूमा भने आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ । अदालतले भने प्रारम्भिक रुपमा केही प्रमाणहरु पाइएकोले उक्त आदेश दिएको जनाएको छ ।अदालतले भनेको छ– लीमाथि लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा ती तथ्य नस्ट गर्नसक्ने सम्भावना देखिन्छ । अदालतले यो पक्राउ आदेश जारी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिने सम्भावना बढेको बताइएको छ ।दक्षिण कोरियामा केही समययता उच्च पदस्थहरुमा भ्रष्टाचारका विरुद्धमा खोजी अभियान निकै बढेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया