काठमाडौं । एकसातापछि शेयर बजारका लगानीकर्ताले राहत महसुस गरेका छन् ।
एक सातादेखि लगातार गिरावट आएको बजारमा सुधार आएपछि लगानीकर्ताले राहत महसुस गरेका हुन् ।
गत मंगलवार नेपाल धितोपत्र बोर्डले लगानी जोखिममा भएको भन्दै विभिन्न ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेको थियो । त्यसयता लगातार बजारमा गिरावट आएको थियो । बोर्डले निर्णय गरेको ठिक एकसातापछि बजारमा चमक देखिएको हो ।
आज मंगलवार शेयर बजार ७९.४४ अंकले बजार बढेर २,९१३.८४ अंकमा पुगेर कारोबार रोकिएको छ । आज २ सय २५ वटा कम्पनीको १० अर्व २८ करोड ६२ लाख ९ हजार ९ सय ५७ रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै,आज १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर किनबेच भएको छ ।
आज १ लाख १२ हजार ५० पटक कारोबार भयो । त्यस्तै,आज सबै उपसमूहहरुको कारोबार वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको कारोबार ५.७७ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया