सर्वोच्चको निर्णयले कानुनी राज्य र लोकतन्त्रको रक्षा गर्‍यो : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्वोच्च अदालतको निर्णयले विधिको शासन, कानुनी राज्य र लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

आज प्रतिनिधि सभा विघटनपछि विस्तार भएको मन्त्रिमण्डलविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले थपिएका मन्त्रिहरुलाई पदमुक्त गरेको छ ।

त्यसबारे प्रतिक्रिया दिँदै पूर्वमन्त्री समेत रहेका नेता केसीले अन्तरिम आदेश र यसअघिका निर्णयहरुले विधिको शासन, कानुनी राज्य र लोकतन्त्र रक्षित अनुभूति भएको बताए ।

ट्वीट गर्दै नेता केसीले भनेका छन्- “आजको अन्तरिम आदेश र अघिका निर्णयहरुले विधीको शासन,कानुनि राज्य र लोकतंत्र रक्षित
अनुभूति भएकोछ।हार्दिक स्वागत।”

यसैगरी प्रतिनिधि सभा पुनर्स्थापना, गिट्टि बालुवामा रोक, मनपरी राजदूरत नियुक्तीमा रोक, नागरिकतासम्बन्धी अध्यादेश र अवैध मन्त्रीहरुको नियुक्ती खारेज गर्ने फैसलाले सर्वोच्चको सम्मान र गरिमा उच्च बनाएको बताए ।

“प्रतिनिधि सभा पुनर्स्थापना,गिट्टी,बालुवामा रोक,मनपरी राजदूत नियुक्तमा रोक,नागरिक अध्यादेश र अवैध नियुक्त मन्त्रीको खारेजले सर्वोच्च अदालतको गरिमा र सम्मान उच्च बनाएको छ।” नेता केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?