सर्वोच्चको फैसलापछि संविधानविद् डा. आचार्यको प्रतिक्रिया यस्तो

काठमाडौं । सर्वोच्च अदालतले विस्तारित मन्त्रिमण्डलाई मान्यता नदिने आदेश जारी गरेसँगै यतिबेला विभिन्न कोणबाट त्यसको समिक्षा भइरहेको छ ।

यसैक्रममा वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा.भिमार्जुन आचार्यले त्यसबारे प्रतिक्रिया दिएका छन् ।

संविधानविद् डा. आचार्यले संसद विघटनपछि संसदको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्रीको पद रिक्त भइसकेको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्- ‘आदेशको प्रभाव: संसद्को सदस्य नरहेको अवस्थामा प्रधानमन्त्रीको पद रिक्त भइसकेको,प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने, जसपा ओलीका लागि बर्डेन भएको भए उनको अभीष्टमा फाइदा पुग्ने, छ महिनाभित्र निर्वाचन हुननसकेमा सरकारको हैसियत समाप्त हुने।अदालती महत्वकाक्षामा बृद्दि हुने।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?