सर्वोच्चको निर्णयपछि विपक्षी गठबन्धनको प्रतिक्रिया : ‘राष्ट्र गम्भीर संकटतर्फ धकेलियो’

लोकपथ संवाददाता
497
Shares
sf7df8f}F * ,h]7 M g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf,g]skf Pdfn]sf jl/i7 g]tf dfwjs’df/ g]kfn, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08, h;kf g]tf 8f afa’/fd e66/fO{nufot afg]Zj/df a;]sf] ljkIfL bnx?sf] a}7sdf ;xefuL . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सर्वोच्च अदालतले विस्तारित मन्त्रिमण्डल मान्य नहुने गरि गरेको फैसलापछि कांग्रेस माओवादीसहित ५ विपक्षी गठबन्धनले त्यसबारे प्रतिक्रिया जनाएको छ ।

सर्वोच्चको फैसलापछि संयुक्त विज्ञप्ति जारी गर्दै विपक्षी गठबन्धनले वर्तमान सरकार जनताको सुरक्षामा असक्षम दृेखिएको आरोप लगाएको छ ।

यसैगरी प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षप गर्ने, दबाव दिने र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै का मगर्ने बाटो अंगिकार गरेको आरोप लगाएका छन् ।

‘संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरण, कानूनको पालना र निर्धारित जिम्मेवारीको इमान्दार निर्वाह तथा राष्ट्र र जनताको सर्वोपरि हित लोकतान्त्रिक प्रणालीका मूलभूत मान्यता हुन् । जनताको सार्वभौमसत्ता र आफ्नोबारे नेपाली जनताले आफै निर्णय गर्ने पद्धतीलाई बलियो बनाउनकै लागि लामो, कठोर र बलिदानपूर्ण जनआन्दोलन र संघर्ष भएका हुन् । तर प्रधानमन्त्री र सरकार जताततै हस्तक्षेप गर्ने, दबाव दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्न बाटो अंगिकार गरेका छन् । नेपाली जनताको कष्ठपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।’ संयुक्त विज्ञप्मिा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?