काठमाडौं, ९ चैत । काठमाडौंको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको मृत्यु भएको छ । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।युएस बंगलाको विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्यूरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो।उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको उपचारमा समलग्न डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवार स्रोतले जनाएको छ ।पाइलट अविदले चलाएको जहाज गत फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परि मृत्यु हुनेमा २६ जना बंगालेशी नागरिकसहित १ चिनियाँ र १ माल्दिभ्सका नागरिक छन् भने बाँकी २१ जना नेपाली नागरिक रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया