काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने बताएका छन् ।
गत जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका तामाङसहित २० मन्त्री पद मुक्त भएका छन् ।
त्यसबारे लोकपथसँग प्रतिक्रिया दिँदै तामाङले अदालतको उक्त फैसला आउँदा आफू सिन्धुपाल्चोकमा बाढी पीडितहरुसँग रहेको बताए ।
“अहिले त काठमाडौं फर्किसकेँ । सर्वोच्चको फैसला आएको खबर पाउँदा सिन्धुपाल्चोकमा नै थिए ।” उनले भने । “र अदालतको आफ्नो दृष्ट्रिकोण हो । सर्वोच्च अदालतले गरेको फैसला हामी स्वीकार गर्छौँ । यसलाई हामीले अन्यथा रुपमा लिनु हुँदैन ।”
यसैगरी आफूहरुले अदालतको निर्णयलाई अन्यथा नलिने बरु पूर्णपाठ (फैसला) आउँने बेलासम्म पर्खिने बताए ।
“यसको पूर्णपाठ के आउँछ हामी पर्खिन्छौँ । र अदालतको निर्णयलाई हामीले धेरै अन्यथा रुपमा बुझ्या छैनौ ।” नेता तामाङले भने ।
गत जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरि २० जनाको मन्त्रिमण्डल गठन गरेका थिए । ओली कामचलाउ प्रधानमन्त्री रहेको र कामचाउ प्रधानमन्त्रीले गरेको मन्त्रिमण्डल विस्तार असंवैधानिक रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दिएका थिए ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश आनन्दप्रकाश ढुंगानाको इजलासले मन्त्रिमण्डल विस्तारमा अन्तरिम आदेश जारी गर्दै विस्तारित मन्त्रिमण्डल अमान्य हुने फैसला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया