काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीको उपचार कतारमा हुने भएको छ।
‘साम्बा’ नामले चर्चित सावित्रा गत फेब्रुअरीमा राष्ट्रिय महिला लिग फुटबल खेल्दा घुँडाको चोटका कारण ‘इन्जुर्ड’ भएकी थिइन्। सो बेला देखि फुटबलबाट टाढा रहेकी साम्बाको ‘एसीएल’ इन्जुरी भएको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जनाएको छ। सोही एन्टेरियर क्रुसिएट लिगामेन्ट ‘एसीएल’ इन्जुरीको उपचारका लागि सावित्रा आगामी ‘जुन २६’ तारिखमा कतारको ‘एसपेटार’ जान लागेकी हुन्।
उनले राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी ‘एपीएफ’को लागि खेल्दा नेपाल पुलिसविरुद्ध सो चोट बोक्न पुगेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया