श्रीमतीको घाँटी रेटी हत्या गरेपछि प्रहरी चौकी पुगे ७५ वर्षीय वृद्ध, भने मलाई पक्राउ गर्नुहोस्

लोकपथ
595
Shares

काठमाडौं । ७५ वर्षीय वृद्धले आफ्नो श्रीमतीको हत्या गरेका छन् । ७५ वर्षीय वृद्धले ७० वर्षीया श्रीमतीको घाँटी रेटेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि उनी आफै प्रहरी कार्यालयमा गएर मैले मेरी श्रीमतीको भर्खरै हत्या गरेर आएको हुँ भनेका थिए ।

यो घटना भारतको दिल्लीको हो । दिल्लीको ब्रह्मपुरीका अब्दुल हकीमले आफ्नो परिवारसँग बस्थे । मंगलवार उनले आफ्नी श्रीमती र बुहारीलाई चक्कु पहार गरेका थिए ।

चक्कु प्रहारबाट उनको श्रीमतीको मृत्यु भएको छ भने बुहारीलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार एक वृद्ध प्रहरी चौकीमा आएका थिए र उनले आफूले श्रीमतीको हत्या गरेर आएको हुँ मलाई पक्राउ गर्नु भनेका थिए ।

प्रहरीले घटनाको छानबिन गरेर उनलाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

छिमेकीका उनुसार उनीहरुको घरमा जहिल्यै झगडा हुने गर्थ्यो । रोएको चिच्याएको आबाज बेला बेला आइरहने छिमेकीहरुले बताएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?