सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ शुरु

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

प्रतिनिधि सभा विघटनबारे विपक्षीले कारण बुझाएपछि आजबाट निरन्तर सुनुवाइ शुरु हुन लागेको हो ।

आज बहस शुरु गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कानुन व्यवसायीलाई बहसका लागि १५ घण्टाको समयसीमा छ्ट्टयाइदिएका छन् ।

आज उक्त मुद्दामा विपक्षीका तर्फबाट ५ जना कानून व्यवसायीले बहस गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?