काठमाडौं । भारतको उत्तर प्रदेशमा १० वर्षीय बालकको हत्या गरेको आरोपमा एक नाबालकसहित २ जना पक्राउ परेका छन् ।
१० वर्षीय रोहित पुत्र मुन्ना लालको हत्या भएको ७ दिन पछि शव भेटिएको थियो । आरोपिले रोहितलाई चंगा उडाउने भन्दै टाढा खेतमा लगेका थिए र त्यही उसको घाँटी थिचेर हत्या गरेका थिए ।
प्रहरीको अनुसन्धानका क्रममा उनीहरुले हत्या गरेको स्वीकारेका छन् ।
आरोपित भरत पालले अनुसन्धानका क्रममा रोहितका पिताले उसको परिवारको महिलासँग गलत हर्कत गरेका थिए सोही कारण आफूले बदला लिएको बताएका छन् ।
अर्का आरोपित नाबालकलाई बाल सुधार गृह पठाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया